समाचार

जर्ज फ्लोएडको छोरीको कलेज खर्च बेहोर्ने र्यापर काईने वेष्टको प्रस्ताव

न्युयोर्कस्थित चर्चित र्यापर काइने वेष्टले प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएडको एक मात्र छोरी जियान्ना फ्लोएडको लागि कलेजको सम्पूर्ण ट्युसन फि तिरी दिने प्रस्ताबव गरेका छन् । मृतक फ्लोएडको ६ बर्षकी छोरी हालै आफ्नो काकाले बोकेको अवस्थामा सार्वजनिक भएकी थिईन् । ६ बर्षीया जियान्नाले भनेकी थिईन ‘मेरो बाबुले संसारलाई बदल्यो’ । छोरी जियान्नाले आफ्नो पितालाई के भएको ? भनेर प्रश्न गर्दा आफुले ‘उस्को सास फेर्न नसकेर मृत्‍यु भएको’ भनेर बताएको आमाले भनेकी थिईन । र्यापर वेष्टले २० लाख डलरको ‘५२९ कलेज सेभिङ फण्ड’ प्रहरी र श्वेत जातीबाट मारिने अस्वेत मानिसको सहयोगमा खर्च गर्ने गरी उक्त कोष खडा गरेका हुन् । उनले त्यही कोष मार्फत जियान्नाको कलेजको सम्पूर्ण सुल्कको जिम्मेवारी लिने प्रस्ताब गरेका हुन् ।

वेस्टले गत फेब्रुअरी २३ का दिन मर्निङ वाक गरिरहेको अबस्थामा जर्जियामा मारिएका अहमुद अर्बेरीको कानूनी खर्च समेत आफुले ब्यहोर्ने बताएका छन् । अहमुद अर्बेरी मृत्‍यु प्रकरणमा ३ जना गोरा जातिका मानिसलाई पक्राऊ गरिएको थियो भने र्यापर वेष्टले गत मार्चमा केन्टुकी राज्यमा घर भित्रै सुतिरहेको समयमा प्रहरीको गोलीले मारिएकी ब्रियोन्ना टेलरको लागि समेत सहयोग गर्ने बताएका छन् ।

फ्लोएड मृत्‍यु प्रकरण पछि भने र्यापर वेष्टले ‘ब्ल्याक लाईफ म्याटर’ को बारेमा बोलेका छैनन् तर उनले आफ्नो ईन्स्टाग्राममा ‘ब्लाक आउट टिउजडे’ भनेर गत मंगलवारको ब्ल्याक आउटको प्रचार भने गरेका थिए ।  

एजेन्सी