समाचार

आन्दोलनमा बृद्ध मानिसलाई धक्का दिएर लडाउने दुई प्रहरी सेवाबाट निलम्बित

न्युयोर्क

जर्ज फ्लोएडको मृत्‍यु पछि अमेरिकाभर जारी नश्लीय  बिभेदको आन्दोलन चर्किदै गर्दा न्युयोर्क बफेलोस्थित प्रदर्शनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई धकेलेर लडाउने दुई प्रहरीलाई सेवाबाट निलम्बित गरिएको छ ।ती दुई प्रहरीलाई तलब नदिने गरी निलम्बन गरिएको हो । बफेलोमा जारी प्रदर्शनमा सहभागी ती बृद्धलाई दुई प्रहरीले धक्का दिए पछि लडेर फुटपाथमा टाउको ठोकिएको भिडियो सार्वजनिक भएसंगै बिहीवार दुई प्रहरीलाई सेवाबाट निलम्बन गरिएको बफेलो पुलिस डिपार्टमेन्टका प्रबक्ता माईक डि जर्जले संचार माध्यमलाई बताएका छन् । घाईते बृद्धको अहिले चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भै रहेको छ ।  

घटनाको बारेमा गभर्नर कुमोले भनेका छन् – घटना पुरै अनुचित र पूर्णरुपमा लज्जाजनक हो ।  कुमोले आफ्नो ट्विटरमा “प्रहरीले कानून उलंघन गर्न पाईदैन” ।