विश्व

महामारीका बीच पाकिस्तानले खुलाउने भयो लकडाउन

इस्लामावाद । कोरोना भाइरसको महामारीका बीच पाकिस्तानले भने लकडाउन खोल्ने घोषणा गरेको छ । यहाँ सोमबारबाट लकडाउन खुला हुने भएको छ । तर, यो मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित हुने मानिस र ज्यान जाने मानिसको संख्या निरन्रता बढ्दो क्रममा रहेको छ । आर्थिक संकटको सामना गर्न नसकेपछि पाकिस्तान लकडाउन खोल्ने निष्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री इमरान खानले सोमबारबाट देशव्यापी लकडाउन हटाउने घोषणा गरेका छन् । अर्थतन्त्रलाई बचाउन लामो समयको लकडाउन हानिकारक हुने उनको भनाई छ । यसले निम्न मध्यमबर्गीय परिवार र श्रमजीवी वर्ग समस्यामा परेको र अर्थथतन्त्र समेत संकटमा पर्न थालेपछि लकडाउन खुलाउनुको विकल्प नरहेको उनको भनाई छ ।

सोमबारदेखि पाकिस्तानमा सबैजसो शहर खुल्नेछन् । प्रमुख व्यापारिक केन्द्र र बजार पसल खोल्ने तयारीमा पाकिस्तान जुटेको हो । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ३४ जना सङ्क्रमित थपिए । यस मुलुकमा अहिलेसम्म ९३ हजारभन्दा बढीमा संक्रमण भएको छ । १ हजार ९३५ जनाको ज्यान गइसकेको छ । २४ घन्टामा ९७ जनाको ज्यान गएको छ ।