समाचार

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ।

कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।