खेलकुद

एक खेल अगाडी नै रियल मड्रिड बन्यो लालिगा च्याम्पियन

काठमाडौं । रियल मड्रिड स्पानिस ला लिगा च्याम्पियन बनेको छ । रियलले एक खेल अगाडी नै उपाधी उचालेको हो । गतराती भियारियाललाई २-१ ले पराजित गरेको रियल लिग विजेता बन्न सफल भएको हो । शुक्रबार बिहानको खेलमा बार्सिलोना पराजित हुनु र रियलले जित्नु नै उपाधीको लागि पर्याप्त बन्यो । एक खेल बाँकि रहेको अवस्थामा दुई क्लवबीच ७ अंकको अग्रता भइसकेको छ ।

रियलको जितमा करिम बेन्जामाले दुवै गोल गरे । भियारियलका लागि भिसेन्टे आईबोराले एक गोल फर्काएका थिए । रियलका मार्को असेन्सियोले गरेको गोल भिएआरले मान्यता दिएको थिएन । दोस्रो स्थानको बार्सिलोना भने ओसासुनासँग घरेलु मैदानमा २-१ ले पराजित भएको छ । यससँगै बार्सिलोना उपाधी होडबाट बाहिरिएको हो । दुबै पटक पछाडी परेको बार्सिलोनालाई म्यान अफ दी म्याच कप्तान लिओनल मेसीले एक गोल गरेपनि बार्सिलोनाको हार टार्न भने सकेनन् । र्बािर्सलोना साविक विजेता हो ।