समाचार

६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किने ६६.२४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११ हजार ६ सय ९५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत निको भएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।

नेपालमा हालसम्म भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला गरी ८ जिल्ला कोरोनाभाइरस संक्रमण मुक्त बनेको छ ।

पाँच सय भन्दा सक्रिय संक्रमित रहेका तीन जिल्लामा रौतहट कैलाली र बाजुरा रहेका छन् । देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।