स्वास्थ्य

४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना

काठमाडौं । नेपाल एयरलाइन्सका चार पाइलटसहित १४ जना उडान कर्मचारीले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको तेस्रो चरणको कोरोना पिसिआर परीक्षण नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएका सबै कर्मचारीलाई परीक्षणपछि घर पठाइएको छ। दुई साताअघि नेपाल एयरलाइन्किा १४ कर्मचारीमा कोरोना पुष्टी भएको थियो ।

विदेशबाट नेपालीको उद्दार थालिएपछि उनीहरु विदेश जाने क्रममा कोरोना सरेको थियो । त्यसपछि उनीहरुको अस्पतालमा उपचार गरिएको हो । ५ दिनसम्म ह्याम्स अस्पताल भर्ना गरिएको उनीहरुलाई ५ दिनपछि भने सोल्टी होटलको आइसोलेसनमा राखिएको थियो । एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको छ। उनीहरूले चार वटा उडान गरेपछि एअरलाइन्सले पिसिआर परीक्षण गरेर घर पठाउने गरेको छ।