फिचर

अन्ततः खुल्ने भयो व्यवसायिक हवाई उडान, १ भदौबाट आन्तरिक र बाह्य दुबै सूचारु

काठमाडौं । नेपालमा हवाई उडान सूचारु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १ भदौबाट आन्तरिक र बाह्य दुबै क्षेत्रमा व्यवसायिक उडान सुचारु गर्ने निर्णय गरेको हो । नेपालमा चैतयता हवाई उडान बन्द छ । यसबीचमा चार्टर्ड उडान भने सूचारु थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

सरकारले चैत ५ बाट अन्तरराष्ट्रिय तर्फ हवाइजहाज आउन रोकेको थियो । आन्तरिक उडान भने ११ चैतको लकडाउनसँगै बन्द गरिएको थियो । यसले लाखौं मानिसको आवतजावत प्रभावित भएको छ । विदेशमा अलपत्र नेपाली अब सामान्य अवस्थामा जस्तै टिकट काटेर फर्कन सक्नेछन् । आन्तरिकतर्फ पनि सामाजिक दूरीसहितका नियमको पालना गरी कम्पनीहरुले हवाई उडान सामान्य बनाउने छन् । यसको तयारीमा कम्पनीहरु जुटिसकेका छन् ।