समाचार

निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?

काठमाडौं । सरकारले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको छ । । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानाकारी दिए ।

सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ।

होटल तथा रेष्टुरेन्ट मा सभा सम्मेलन भने गर्न पाइने छैन। त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ।

भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौ देखि सञ्चालन गर्न पाइने भएको छ।

ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार गर्न भने बन्देज लगाइएको छ। शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ।