समाचार

डिसी, भर्जिनिया, मेरिल्याण्ड लगायत थप दश राज्य पनि न्युयोर्क, न्युजर्सी र कनेक्टिकटको क्वारेन्टिन लिष्टमा

न्युयोर्क      

न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यले थप १० राज्यबाट आउनेहरुलाई पनि बाध्यकारी क्वारेन्टिन लागू गरेको छ । यसअघि दक्षिण पश्चिमका २१ वटा राज्यबाट न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउनेहरुको हकमा मात्र क्वारेन्टिनको नियम लगाईएको थियो ।अब आसपासका थप १० राज्यलाई पनि क्वारेन्टिनको सुचीमा राखेपछि जम्मा ३१ राज्यबाट आउनेहरु क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया, मेरिल्याण्ड, डेलावर, अलास्का, ईन्डियाना , मिजौरी, मोन्टाना, नर्थ डकोटा र नेब्रास्का नयाँ सुचीमा थपिएका हुन । मिनियासोटा भने न्युयोर्क, न्युजर्सी र कनेक्टिकट आउँदा बस्नु पर्ने क्वारेन्टिनको सुचीबाट हटेको छ ।  

न्युयोर्कले क्वारेन्टिनको नियम उलंघन गर्ने यात्रुहरुलाई २ हजार अमेरिकी डलर जरिवानाको घोषणा यसअघि  नै गरी सकेको छ । क्वारेन्टिनको नियम बस, ट्रेन, कारबाट यात्रा गर्ने समेतमा लागू हुने गभर्नर कुमोले बताएका छन् । हवाई जहाजबाट आउनेले यात्राका क्रममा प्लेन भित्र उपलब्ध फर्म भर्नु पर्नेछ । हवाई यात्रा र जमिनबाट यात्रा गर्ने सबैले न्युयोर्क, न्युजर्सी, कनेक्टिकट आउँदा आफ्नै खर्चमा क्वारेन्टिन्मा बस्नु पर्ने जनाईएको छ ।