अर्थतन्त्र

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख नजिक

काठमाडौं । सुनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च भएको छ।

बुधबार तोलामै ९४ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि ५ सयले बढेर हालसम्म कै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ तोकेको छ।

पछिल्लो समय सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ११ सय ४५ पुगेको महासंघले जनाएको छ ।