समाचार

भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार

कोरोना महामारी सुरु भए लगत्तै कडा नियम बनाएर क्वारेन्टिनको ब्यबस्था र फराकिलो दायरामा संक्रमण जाँच गर्दै आएको भियतनामको एक सहरमा ३ जना संक्रमित भेटिएपछि उक्त सहरबाट ८० हजार मानिसलाई उद्दार गर्दै अन्यत्र सार्न लागिएको छ । एसियाको दक्षिण पुर्बी देश भियतनाममा  अप्रिलपछि पहिलो पटक पुन समुदायमा कोरोना फैलिएको आसंकामा ड नाङ सहरबासी तीन जनामा संक्रमण देखिए लगत्तै ११ सहरबाट त्यहाँ घुम्न आएका ८० हजार आन्तरिक पर्यटकलाई उद्दार गरेर लैजाने तयारीमा लागेको भियतनाम सरकारको हावाला दिदै ब्यांकक पोष्टले लेखेको छ ।दैनिक १०० भन्दा धेरै उडानबाट चार दिन भित्र ८० हजार मानिसलाई ड नाङबाट अन्य सहरमा लगिने भियतनाम सरकारले एक बिज्ञप्तिमा भनेको छ ।

सोमबार ड नाङमा भेटिएका तीन वटै संक्रमित त्यहाँस्थित चर्चित पर्यटकीय क्षेत्रमा भेटिएका हुन् । कोरोना संक्रमण फैलन नदिन निकै सचेत भएर काम गरिरहेको भियतनाम सरकारले हालसम्म अन्तरराष्ट्रिय पर्यटकलाई खुला गरेको छैन । त्यहाँ अन्तरराष्ट्रिय पर्यटकको आवागमन बन्द भएका कारण आन्तरिक उडानहरुले टिकटमा ब्यापक छुट दिएपछि देशभर आन्तरिक पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ । भियतनाममा सोमबार सम्म ४ सय २० संक्रमित भएका छँन् भने कोरोनाको कारण हालसम्म एक जनाको पनि मृत्‍यु भएको छैन ।  

एजेन्सी