समाचार

दाङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु, कैलालीमा डुबान

File

दाङ । नेपालमा दोस्रो पटक मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको समस्या दोहोरिन थालेको छ । सोमबारबाट सक्रिय भएको मनसुनले बुधबार र बिहीबार अधिक वर्षासँगै क्षति पुर्याउने आंकलन गरिएको छ । यसैक्रममा दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोरीको मृत्यु भएको छ।

वडा नम्बर ५ साकिनेमा घरमाथिबाट मंगलबार राति पहिरो आउँदा २४ वर्षीय बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुस्माको ज्यान गएको प्रहरीले जनाएको छ । भत्किएको घरमा पाँचजना बसेको र आमाछोरी सुतेको स्थान भत्कदा उनीहरुको ज्यान गएको बताइएको छ ।

उता दाङमै घरको तेस्रो तलाबाट खसेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकामा घरबाट खसेर एक बालाको मृत्यु भएको हो । रथिक मियाँका तीन वर्षीय छोरा रियाजको राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

यता, वर्षातले आज बिहानैबाट कैलालीका विभिन्न स्थानमा डुबान थालेको छ । अविरल वर्षासँगै आएको बाढीले तराईमा डुबान थालेको हो ।