फिचर

अब रातको समयमा काठमाडौं छिर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अब रातको समयमा आउन नपाइने भएको छ । गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । अब काठमाडौं आउने सबै मानिसको नाकामै पिसिआर परीक्षण हुने गरेको छ । सोहीकारण रातको समयमा काठमाडौं आउन नपाइने गरी निर्णय भएको हो ।

गृह मन्त्रालयका अनुसार अब साँझ ७ बजेपछि बिहान ७ बजेसम्म १२ घण्टा काठमाडौं छिर्ने नाका बन्द हुने भएको हो । यो व्यवस्था आजबाटै लागु भएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको छ । त्यसक्रममा अत्यधिक मानिस बीना परीक्षण आउँदा जोखिम बढेको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।