विश्व

अफगानिस्तानमा विस्फोट, १७ को ज्यान गयो

File

लाहोर । अफगानिस्तानमा कार बम विस्फोट हुँदा १७ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै लामो समय आंतकवादी गतिविधि भएका थिएनन् । अफगानिस्तानको लागोर प्रान्तस्थित पाउल ए सिटी शहरमा कार बम विस्फोट भएको हो । शहरमा सरकारी सेवा लिन लाम लागेर बसेका सर्वसाधारणलाई लक्षित गरी कार बम आक्रमण गरिएको थियो ।

बिहीबारको यस हमलामा थुप्रै घाइते भएका कारण हताहती हुनेको संख्या बढ्ने बताइएको छ । घाइतको उपचार भइरहेको छ । आक्रमणको भने अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यसअघि गत महिना रमाजानमा सोही कार्यालयमा हमला भएको थियो । त्यस हमलामा २० जनाको ज्यान गएको थियो ।

सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्य गरी भीषण आक्रमण गर्ने घोषणा गर्ने गरेको तालिवानी आतंककारी समूहबाट यस्तो हर्कत भएको सरकारको अनुमान रहेको छ । आक्रमणमा मृत्यु भएका व्यक्ति सबै सर्वसाधारण भएको बताइएको छ ।