विश्व

लेबनानमा नरसंहारकारी विस्फोट, ७० मारिए, ४ हजारभन्दा बढी घाइते

बेरुत । लेबनानको राजधानी बेरुतमा शक्तिशाली विष्फोट भएको छ । यस घटनामा ७० भन्दा बढीको ज्यान गइसकेको छ । ४ हजार भन्दा बढी मानिस घाइते छन् । विस्फोटले लेवनान तहसनहस भएको छ । विस्फोटक पदार्थ राखिएको गोदाम घरमा भयानक विष्फोट भएको हो । मंगलबार राती यस्तो दूर्घटना भएको हो । गोदामघरममा शुरुमा आगो लागेको थियो ।

त्यसपछि विस्फोटक पदार्थ पड्किएको थियो । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको जानकारी गराएका हुन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई उनले अत्यन्तै भयावहको संज्ञा दिएका छन् । घटनामा दोषी जो भए पनि उन्मुक्ति नपाउने उनको प्रतिवद्धता रहेको छ । अहिले विस्फोटकका फुटेजहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । गोदाममा सन् २०१४ देखि विष्फोटक पदार्थ भण्डारण गरेर राखिएको थियो । करीव २ हजार ७ सय ५० टन विष्फोटक पदार्थ नाइट्रेट एकै पटक विस्फोट हुँदा यो घटना भएको थियो । घटनापछि लेवनाममा भूकपको महसुश गरिएको थियो । घरहरु हल्लिएका थिए । सिसा फुटेका थिए ।

समुन्द्रमा छाल उठेको थियो । गोदाम घर वरपरका भौतिक संरचना समेत पूर्ण रुपमा ध्वस्त भएका छन् । विष्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनाको अनुसन्धान थालिएको छ ।