स्वास्थ्य

विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित

काठमाडौं । संसारभर एकै दिन साढे दुई लाख संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । मंगलबारथपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलमा ५६ हजार ४ सय छन् । यसअवधिमा अमेरिकामा ५४ हजार मानिसमा थप पुष्टी भएको छ । तेस्रो स्थानमा भारत छ । यहाँ २४ घण्टामा ५१ हजार मानिसमा संक्रमण पुष्टी भ्एको छ । नेपालमा यस दिन २५९ जनामा कोरोना भेटिएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मगलबार एकैदिन ६ हजार भन्दा धेरैको ज्यान गएको छ । नेपालमा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सवैभन्दा धेरै ब्राजिलका छन्। सो मुलुकमा १३ सय ९४ को मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ९६ हजारको ज्यान गइसकेको तथ्यांक छ ।

अमेरिकामा समेत एकैदिन १३ सय मानिसको मृत्यु भएको छ। भारतमा ८ सय भन्दा धेरैको ज्यान गएको तथ्यांक छ । भारतमा अहिलेसम्म ३९ हजार ८ सयको मृत्यु भएको छ । संसारभरको तथ्यांक अनुसार कोरोनाबाट ७ लाख ३ हजार ३ सय ७४ जनाको ज्यान गइसकेको छ । अहिलेसम्म १ कारोड ८६ लाख ९१ हजार ६ सय ८६ जना संक्रमति छन्। १ करोड १९ लाख मानिस संक्रमण मुक्त भएका छन् ।