समाचार

१४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा, कुन जिल्लामा कहाँ र कहिलेसम्म ?

काठमाडौं । सरकारले संक्रमण नियन्त्रणका लागि १४ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा जारी गरेको छ ।

लकडाउन अन्त्य गरेसँगै देशभर कोरोना संक्रमण समुदायस्तरमा देखिन थालेपछि गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी निषेधाज्ञा लागु गरिएका जिल्ला, क्षेत्र र लागु रहने मितिबारे जानकारी दिएको हो।

गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।

पछिल्लो समय काठमाडौंलगायत तराईका विभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

कोरोना संक्रमण समुदायस्तरमा फैलिन थालेपछि निषेधाज्ञा गरिएको हो । मंगलबारसम्म मुलुकभरमा २१ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जना कोरोनाको संक्रमणबाट निधन भएको छ ।

निषेधाज्ञा लागु हुने जिल्ला, क्षेत्र र मितिः