फिचर

बिहीबारबाट काठमाडौं र संक्रमित बढी रहेका जिल्लामा फेरी जोरविजोर प्रणाली लागु

काठमाडौं । बिहीबारबाट काठमाडौंसहित बढी संक्रमित भएका जिल्लामा जोर विजोर प्रणाली शुरु हुने भएको छ । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो । कोरोना भाइरसको जोखिम बढेपछि जोर विजोर प्रणाली लागू गरिएको हो । अब काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला र र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुने भएको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो । उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात समेत सञ्चालनमा छन् । १ भदौबाट लामो दुरीका यातायात समेत चलाउने तयारी छ । तर, लकडाउन खोलेपछि कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले पुनः जोर विजोर प्रणाली लागु गर्ने निर्णय लिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो संक्रमणबाट बच्न सकिने उपायबारे विज्ञसँग छलफल गरेका थिए ।