कला / साहित्य

भारतीय विदेश मन्त्री भन्छन् : गौतम बुद्ध भारतीय हुन्

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका छन् । शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिको आयोजनामा भएको इण्डिया एट ७५ भर्चुअल सम्मेलनलाई सम्बोधन गरेका उनले यस्तो दावि गरेका हुन् ।

उनले भनेका छन, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ ।’

भारतले गौतमबुद्धलाई आफ्नो सावित गर्न अनेक प्रयास गरिरहेको छ । सोहीक्रममा भारतीय उच्च नेतृत्वबाट बेलाबेला विवादित बयान आउने गर्छ । संयुक्त राष्ट्रसंघले विश्व सम्पदा सूचिमै राखिसकेको भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीबारे भारतले फैलाइरहेको अफवाह हटाउन नेपाल सरकारले भने त्यति ध्यान दिएको पाइदैन ।

भारतीय उच्च नेतृत्वको दाविको सरकारले औपचारि खण्डनसम्म गर्न डराउँछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको बताएका थिए । तर, भारतकै नेताहरु मौका पाउनासाथ बुद्ध भारतीय हुन भन्न हिच्किचाउँदैनन् ।