समाचार

नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप दुईजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको हो।

मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको साउन २४ गते राती ११ः३५ बजे उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा दुखद निधन भएको हो ।

मधुमेहका रोगी निज साउन १७ गते कोभिड पुष्टी भई सोही दिन अस्पतालको आइसियुमा भर्ना भई उपचाररत थिए ।

त्यस्तै पर्सा जिल्ला विरगंज महानगरपालिका वडा नं २ वस्ने २० वर्षिया एक महिलाको २४ गते विहान निधन भएको प्रवक्ता गौतमले जानकारी दिए ।

हाइपो थाइरोडिजमकी बिरामी उनी नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा पुऱ्याइए पछि मृत घोषित भएकी थिइन । मृत्यु पश्चात उनको स्वाव नमुना परिक्षण गर्दा आज साउन २५ गते कोरोना पुष्टी भएको थियो ।

यससँगै मृत्यु हुनेको संख्या ७५ पुगेको छ।