समाचार

नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक(एक जना रहेका छन् ।

ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो।

आइतबार दिउँसो १ बजे अस्पताल भर्ना भएका ती महिला निमोनियाबाट ग्रसित थिइन्। अस्पताल भर्ना हुनासाथ ती महिलाको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको थियो।

त्यस्तै धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा निधन भएको हो ।

त्यसैगरी धनुषाकै क्यानसर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते निधन भएकोमा उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै, सिन्धुपाल्चोकको बाह्रबिसे ४ निवासी ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मनमोहन कार्डियोभास्कुरत तथा ट्रन्प्लान्ट सेन्टरमा उपचारको क्रममा उनको मंगलबार दिउँसो मृत्यु भएको हो।

। योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।