खेलकुद

सनसनिपूर्ण जीतसँगै पिएसजी च्याम्पियन्स लीग फुटबलको सेमिफाइनलमा

काठमाडौं । खेलको ८९ मिनेसम्म पछाडी परेको नतिजा उल्टाउँदै पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । गतराति भएको खेलमा एटलान्टालाई २ १ ले हराउँदै पीएसजी सेमिफाइनल पुगेको हो । एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि एटलान्टा खेलमा हावी भएको थियो । पिएसजीका थुप्रै प्रहार खेर गए ।

तर, ८९ मिनेटसम्म पिएसजीलाई रोकेको एटलान्टा अन्तिम एक मिनेट भने सम्हालिन सकेन् । खेलको ८९ औं मिनेटमा गोल खान पुग्यो । पिएसजीका लागि मार्किन्होसले गोल गरे । त्यसपटि ५ मिनेटको समयमा थपिएको थियो । थप भएको समयको तेस्रो मिनेटमा चाउपो मोटिङले गोल गरेर खेल पिसिएजीले जित्यो । पिएसजी २५ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । एटलान्टाले यो पहिलो पटक सेमिफाइनल पुग्ने अवसर खेर फाल्यो ।