समाचार

नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ९ हजार ८ सय ५९ नमुना परिक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १६ हजार ८ सय ३७ पुगेको छ।

कुल संक्रमितमध्ये ९५ जनाको मृत्यु भएको छ।