विश्व

लुइजियाना आँधिमा ६ को मृत्यु, जनजीवन प्रभावित

लइजियाना । अमेरिकाको लुइजियाना राज्यमा समुद्री तुफानले जनजीवन नराम्रोसँग प्रभावित बनाएको छ । लोरा नाम दिइएको उक्त आँधीले अहिलेसम्म ६ जनाको ज्यान गइसकेको बीबीसीले लेखेको छ । तीव्र गतिमा आएको हावा र पानीका कारण रुख ढलेका छन् । कमजोर संरचना उडाएको छ ।

यसले ६ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । लोरा तुफानका कारण प्रतिघण्टा २४० किलोमिटरको गतिमा हावा चलेको समाचार रिर्पोटमा उल्लेख छ । पाँच लाख भन्दा बढी घरमा बिजुली बन्द भइसकेको छ ।

औद्योगिक क्षेत्रमा रसायनिक पदार्थका कारण आगलागी समेत घटना भएका छन् । हाल लोरा तुफानलाई ट्रपिकल स्ट्रोम ग्याटगोरीमा झारिएको छ। सो तुफान अर्कान्सास राज्य तर्फ उन्मुख रहेको समेत बीबीसी लेख्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको छ ।
लोरा तथा मार्को नाम गरेको तुफान क्यारबियन क्षेत्र हुँदै अमेरिका छिरेको बताइएको छ । क्यारबियन क्षेत्रमा भने दुई दर्जन मानिसले ज्यान गुमाइसकेका छन् ।