विश्व

जापानी प्रधानमन्त्रीद्धारा राजिनामा

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा गरेका छन्। आफ्नो स्वास्थ्यमा आएको खराबीले दैनिक कामकाज गर्न समस्या भएको भन्दै उनले राजिनामा गरेका हुन् । उनको पदावधि एक वर्ष बाँकि थियो । उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् । आफुले जनताका लागि राम्रो काम गर्न नसक्दा पदमा बस्नुको औचित्य नहुने भन्दै उनले राजिनामाको घोषणा गरेका हुन् ।

यो साता उनी अस्पताल निरन्तर गइरहेपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको थियो । आवेले स्वास्थ्यलाई कारण देखाउँदै यसअगाडी पनि पद त्यागेका थिए । सन् २००७ मा उनी प्रधानमन्त्री बनेको एक वर्षमै पद त्याग गरेका थिए । उनी अल्सरेटिभ कोइलेइटिस रोगका बिरामी छन् । आबे जापानका लोकप्रिय नेतामा गनिन्छन् । उनी जापानमा सबैभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने व्यक्ति हुन्।