समाचार

शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक फेरी स्थगित

काठमाडौं । शनिबार बस्ने गरी आह्वान भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरी स्थगित भएको छ। बैठक १८ भदौसम्म स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ ।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटबाट बैठक सार्ने निर्णय भएको बताइएको छ । कोरोना महामारीको प्रकोप बढ्दै गएपछि बैठक सारिएको नेताहरुको भनाई छ । उक्त बैठकमा गत शनिबार कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल गर्ने एजेण्डा रहेको छ ।