खेलकुद

नेयमार र डी मारियालाई कोरोना पुष्टी

पेरिस । पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रमुख खेलाडीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेयमार, एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । नयाँ सिजनका लागि खेलाडीहरुको क्लोज क्याम्प अगाडी परीक्षण गरिएको थियो ।

त्यस क्रममा तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनीहरुलाई स्वास्थ्य प्रोटोकल अनुसार आइसोलेसनमा राखिएको क्लबले जानकारी दिएको छ । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्यूनिखसँग पराजित भएको पीएसजीले लिग वानको नयाँ सिजनको तयारीमा छ । पीएसजीको पहिलो खेल सेप्टेम्बर १० मा रहेको छ ।