रोचक खवर

आज ललितपुरमा कडा कर्फ्यू, प्रहरीले गोलीसम्म हान्न सक्ने

ललितपुर । बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने विषलाई लिएर भएको विवादले उग्र रुप लिँदा पुल्चोक र पाटन क्षेत्र तनावग्रस्त रह्यो । एक प्रहरीमाथि निर्घात कुटपिट भयो । अन्य स्थानीय र प्रहरीसमेत घाइते भए । यसै सन्दर्भलाई लिएर थप क्षति नहोस भनी आज भने ललितपुरमा कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार कुनै पनि हुलहुज्जत गर्ने र आदेश विपरितको काम गरेमा प्रहरीलाई गोली हान्ने सम्मको अधिकार दिइएको छ । सोहीकारण सर्वसाधारणलाई घरमै बस्न आह्वान गरिएको छ ।

कोरोना भाइरसको महामारीसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारि गरिएको छ । निषेधाज्ञा तोड्दै विहीबार पुल्चोक र पाटन क्षेत्रमा ठूलो संख्यामा सर्वसाधारण बाहिर निस्किएका थिए ।