रोचक खवर

नेपालमा आज रेकर्ड ब्रेक संक्रमण

काठमाडौं । एकै दिन हुने कोरोना भाइरसको संक्रमणमा आज रेकर्ड ब्रेक भएको छ । अर्कोतर्फ मृत्यु संख्यामा समेत आज सबैभन्दा धेरै मानवीय क्षति भएको दिन बनेको छ । कोराना भाइरसको संक्रमण निको भएर घर फर्कनेमा समेत आज सबैभन्दा बढी संख्या बन्न सफल भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कोरोनाका धेरैजसो सूचकमा रेकर्ड कायम भएको छ । देशभर संक्रमण दर, भेन्टिलेटर रहनेको संख्या, काठमाडौंमा कोरोना, देशभरबाट डिस्चार्ज भएर घर फर्कनेको संख्यामा आज रेकर्ड बनेको हो ।

आज देशभर १ हजार ३ सय १९ संक्रमित थपिए । यो सबैभन्दा उच्च संख्या हो। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जनाले कोरोनालाई जित्न सफल भएका छन् । यो पनि सबैभन्दा उच्च संख्या हो । आज काठमाडौं उपत्यकामा समेत संक्रमितको सबैभन्दा उच्च संख्या पुगेको छ । आज काठमाडौं उपत्यकामा ४ सय ५४ संक्रमित थपिए ।

आज देशभर कोरोना संक्रमण भएर निधन हुनेको संख्या १४ पुगेको छ । यो पनि सबैभन्दा उच्च संख्या हो । देशभर १ सय ७७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।