समाचार

पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जालो कति भयाभह बनिसकेको छ भन्ने एक उदाहरण देखिएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ यात्रा विवादका क्रममा बिहीबार दिनभर सडकमा खटिएका प्रहरीमा १८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।

पुल्चोकमा रथ तान्न पाउनु पर्छ भन्ने यूवाको ठूलो समुहलाई नियन्त्रण गर्न प्रहरी खटिएको थियो । पुल्चोकमा भएको झडप नियन्त्रण गर्न महानगरीय प्रहरी बृत्त सातदोबाटो र प्रहरी परिसर ललितपुरबाट टोली खटिएको थियो। उपत्यकाका ५६ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि हुँदा भीड नियन्त्रणमा खटिएका १८ जनामा कोरोना पुष्टी भएको हो ।

उनीहरु सातदोबाटो बृत्त र ललितपुर परिसरबाट खटिएका प्रहरी रहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीलाई ठूलो संख्यामा कोरोना देखिन थालेपछि पुल्चोकमा खटिएकासहिको स्वाब संकलन गरिएको थियो। उनीहरुलाई रिपोर्ट नआउन्जेल सेल्फ आइसोलेसनमा नराखी भीड नियन्त्रणमा खटाइएको थियो ।