समाचार

उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

file

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ।

बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् ।

बैठकले बिहिबारदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको छ।

त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको निर्णय गरेका छन् । अन्य क्षेत्रमा भने भदौ ३१ सम्म निषेधाज्ञा रहने जनाइएको छ।

उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा बुधबार मध्यरात १२ बजे सकिँदै छ । भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।