समाचार

भक्तपुरमा एकै घरका तीन जना मृत फेला

भक्तपुर । भक्तपुरमा एकै घरका तीन जना सदस्य मृत फेला परेका छन् । उनीहरुको घरमा पालेको एउटा कुकुर समेत मृत अवस्थामा फेला परेका कारण यो घटना रहस्यमय रहेको प्रहरीले जनाएको छ । भक्तपुर प्रहरीका अनुसार अहिले अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ ।

प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको छ । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत अवस्थामा फेला परेको हो । उनीहरुको शव गन्हाउने अवस्थामा पुगिसकेका कारण केही समय अगाडी नै मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले हत्याको आशंकासति प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ ।