स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । यससँगै अब देशभर ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा ११ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । सुनसरीका ४३ वर्षिय पुरुषको ज्यान गएको छ ।

यसअवधिमा पर्साकी ७८ वर्षिय महिलाको समेत मृत्यु भएको हो । काठमाडौंका ७६ वर्षिय महिला, ५१ वर्षिय पुरुष र ५४ वर्षिय पुरुषको मृत्यु भएको छ । भक्तपुरका ७२ वर्षिय पुरुष र ३८ वर्षिय पुरुषको ज्यान गएको छ ।

चितवनका ६१ वर्षिय पुरुष, तनहुँमा ७६ वर्षिय महिला, स्यांग्जामामा ८५ वर्षिय पुरुष, गोरखामा ४५ वर्षिय पुरुष, कास्कीमा ६० वर्षिय पुरुष र रुपन्देहीमा ६० र ४० वर्षिय दुई पुरुष गरी यो अवधिका कुल १४ जनाको निधन भएको मन्त्रालयको तथ्यांक छ । नेपालका ३ सय ३६ जनाको ज्यान गएकोमा यो तथ्यांक कुल संक्रमितको तुलनामा ०.६३ प्रतिशत हो ।