रोचक खवर

जब सैनिक जहाज काठमाडौंको सडकमा गुड्न थाल्यो..

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ओर्लिएको जहाज तिनकुने, नयाँ बानेश्वरहुँदै बबरमहलतिर लाग्ने लागेपछि शनिबार बेलुका काठमाडौंको सडकमा यात्रा गरिरहेका धेरैलाई यो दृष्यले एकाएक अचम्मित बनायो । आकाशमा उड्ने र विमानस्थलभन्दा बाहिर नबस्ने ठूलो जहाज सडकमा गुडिरहेको थियो ।

त्यो पनि आर्मिको । ककपिटमा पाइलट पनि बसिरहेका थिए । धेरैले यो दृष्यलाई आफ्नो मोवाइलमा कैद गर्न समेत भ्याए । वास्तवमा सेनाले अब उड्न नसक्ने आफ्नो जहाजलाई विमानस्थलबाट गुडाएर नारायणहिटी दरवार संग्रहालयमा लगेको हो । किनकी यो जहाज पूर्व राजा वीरेन्द्र चढ्ने प्रयोजनका लागि सेनाले खरीद गरेको थियो ।

अब यो जहाज सर्वसाधारणको अवलोकनका लागि नारायणहिटीमा राखिने छ । यो जहाजका पार्टपूर्जा निकालेर बाहिरको खोल मात्र सवारी साधनमा राखेर गुडाउँदै सडकमार्गबाट नारायणहिटी सङ्ग्रहालयमा लगिएको हो ।

राति ८ बजे त्रिभुवन विमानस्थलबाट गुडाउन सुरु गरिएको जहाज तीनकुने, माइतीघर, भद्रकाली, विद्युत् प्राधिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्याइएको थियो । जहाजलाई सेनाको सानो गाडी र क्रेनको सहायताले गुडाइएको हो ।