समाचार

सरकारको आलोचना दशैंसम्म मात्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले दशैंपछि नागरिकले सरकारको आलोचना गर्न छाड्ने दावि गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीले ओलीले दशैँसम्म सरकारमाथि भइरहेको आलोचना बन्द हुने दावि गरेका हुन् ।

स्वर्गिय नेता मदन भण्डारीको ६८ औँ जन्मजयन्ति पारेर शनिबार राजधानीमा आयोजना भएको विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले गतवर्ष आलोचना भएका विषय यस वर्ष सम्बोधन भइसकेको भन्दै दशैँसम्म पुग्दा अहिले भइरहेको आलोचना पनि समाप्त भइसक्ने बताएका हुन् ।

पार्टी एकिकरणको सन्दर्भमा बोल्दै प्रधानमन्त्रीले नेकपा जनताको जनवाद सिद्धान्त अनुसार अगाडी बढेको बताए । उनले चालु आर्थिक वर्ष भित्रै पार्टी एकीकरण प्रक्रिया सकिने दावि पनि गरे ।

दुवै अध्यक्ष आफ्नो जिम्मेवारी अनुसार मिलेर अगाडि बढिरहेको प्रधानमन्त्रीको दावि थियो ।

कार्यक्रममा नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको जस्तै अहिले पनि ठूलो घटना नहोला भन्ने अवस्था नरहेको बताए ।

उनले नेता भण्डारीको हत्यारा पत्ता लगाउनु पर्ने माग समेत गरेका थिए । नेकपामा झगडा पारेर आफूले सत्ता चलाउने सपना नदेख्न समेत उनले कांग्रेसलाई आग्रह गरे ।