समाचार

‘अब मदन भण्डारीका बिचारलाई परिमार्जन गर्नुपर्छ’

विश्वन्युज संवाददाता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीले विकसित गरेका विचारलाई अझै परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन् ।
अध्यक्ष दाहालले मदन भण्डारीले तत्कालीन अवस्थामा पुराना कुरालाई नदोहो¥याई नयाँ परिस्थितिको विश्लेषण गरेर नयाँ चुनौतीको सामना गरेर अघि बढेको उल्लेख गर्दै अब पार्टीले पनि अहिलेको चुनौतिलाई सामना गर्ने गरी नयाँ ढंगले अघि बढनुपर्ने आवश्यकता औंल्याएका हुन् । २६ औं मदन–आश्रित स्मृति दिवस तथा दुई पार्टीबीच एकता भएको वर्ष दिन पुरा भएको अवसरमा काठमाडौंको मदननगर बल्खुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने ‘मदन भण्डारीले जे–जे भन्नु भयो, त्यही कुरालाई दोहो¥याई राख्ने कि नयाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय चुनौतिहरुको सामना गरेर अघि बढने ?’
‘आजको राष्ट्रिय/अन्तराष्ट्रिय परिस्थिति, नेपाली जनताको आवश्यकता र चाहनाको ठिक ढंगले मुल्यांकन गरेर मदन भण्डारीको विचारलाई नयाँ परिस्थिति अनुसार अझ विकसित गर्दै लैजानु जरुरी छ’ अध्यक्ष दाहालले भने । पुरानै मान्यतालाई छोडन नसक्ने केही पुराना कम्युनिष्ट नेताहरुले नेपाली क्रान्ति र समाजका लागि सिन्को समेत योगदान गर्न नसकेको दाबी गरे ।
उनले मदन भण्डारीको नयाँ परिस्थितिको विश्लेषण गरेर अघि बढने आँट र साहसकै प्रेरणाबाट दुई पार्टीबीच एकता गरिएको पनि स्पष्ट पारे ।
अध्यक्ष दाहालले पार्टी एकीकरणको बाँकि काम छिट्टै सम्पन्न गरी पार्टीलाई अझ गतिशील र जीवन्त बनाउने गरी नयाँ राष्ट्रिय अभियान संचालन गर्ने घोषणा पनि गरे । उनले देशको आवश्यकता, नेपाली कम्युनिष्ट आन्दोलनको आवश्यकता र जनताको चाहना अनुसार जनतासँग गहिरो सम्बन्ध राखेर अघि बढने योजना पनि अघि सारे । अध्यक्ष दाहालले पार्टीको जिल्ला अधिवेशन हुँदै केन्द्रिय अधिवेशन गरेर पार्टीलाई बैचारिक रुपमा अझ स्पष्ट, सांगठानिक रुपमा अझ सुदृढ र जनतासँगको सम्बन्धलाई अझै बलियो बनाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष दाहालले समाजवादको आधार तयार पार्ने गरी पार्टीको काम कार्वाहीलाई उचाईमा पु¥याउनुपर्ने पनि बताए ।