समाचार

‘जनवादी क्रान्ती पुरा गरेरै छाड्छौं’

विश्वन्युज संवाददाता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले सरकारलाई दुई तिहाई मतको धम्की नदिन चेतावनी दिएका छन् । महासचिव बैद्यले जनमत बदलिने र नेपालका सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुले मुलुकमा जनवादी क्रान्ति पुरा गरेरै छाडने दाबी पनि गरे । सीपी गजुरेलद्वारा लिखित पुस्तक ‘राजनीतिक घटनाक्रम र प्रवृतिहरु’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गर्दै उनले सच्चा कम्युनिष्टहरु मुलुकको वैकल्पिक शक्ति भएकाले ढिलै भएपनि मुलुकमा जनवादी क्रान्ति सम्पन्न गर्ने पनि बताए । उनले सत्तारुढ नेकपाप्रति संकेत गर्दै संशोधनवाद/अवसरवादमा फसेका कम्युनिष्टहरुले मुलुकलाई डुबाएको पनि बताए । ‘अब सच्चा क्रान्तिकारीहरु एकजुट हुनु जरुरी छ’ उनले भने ।