अमेरिका

जनसम्पर्क समिति वेष्ट टेक्ससद्धारा एनआरएनए अध्यक्ष सम्मानित

विश्व न्यूज संवाददाता
टेक्सस ।
नेपाली जनसम्पर्क समिति अमेरिका वेष्ट टेक्सस च्याप्टरको आयोजनामा शनिवार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । समितिले गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनील साह, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कविर राणा र देशान्तर साप्ताहिकका सम्पादक विनय देवकोटालाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दैं नेपाली कांग्रेस महासमिति सदस्य हरीबोल भण्डारीले गैर आवासीय नेपालीको पक्षमा साहको नेतृत्वको समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । त्यस्तैं, उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढिकरण गर्न पत्रकारितामार्फत अझ बढी योगदानको आवश्यकता मूलुकले राखेकोमा जोड दिएका थिए ।
यसैगरी, सो अवसरमा बोल्दैं एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष साहले सबैं गैर आवासीय नेपालीको सहयोग र सल्लाहवाटैं गैर आवासीय नेपालीकैं पक्षमा काम गर्ने तर्फ आफू लागिपर्ने बताए ।
एनआरएनए अमेरिकाको निर्वाचन समिति सदस्य खड्ग उप्रेती, नवनिर्वाचित सचिव अमृत कट्टेल, एनआरएनए अमेरिकाका प्रवक्ता विनोद तिवारी लगायतको सहभागिता रहेको जनसम्पर्क समिति वेष्ट टेक्सस समितिका कार्यवाहक सभापति प्रविण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार शैलेश आचार्य, कविर राणा लगायतले धारणा राखेका थिए ।