समाचार

हङकङस्थित बिधायक भवन तोडफोड गरी प्रदर्शनकारीले घण्टौ कब्जामा लिए

सार्वभौमसत्ता हस्तान्तरणको वर्षगाँठमा शान्तिपूर्ण प्रदर्शनको सोमवार योजना गरिएको हङ्कङमा प्रदर्शनकारीहरुले विधायक परिषद्को भवनका सिसा फोरेर प्रबेश गरी घण्टौँसम्म कब्जामा लिएका हुन् ।
ब्रिटेनबाट हङकङको सार्वभौमिकता चीनलाई सुम्पिएको वर्षगाँठको अवसर पारेर प्रदर्शनमा उत्रिएका हङ्कङ स्थित प्रदर्शनकारीहरुले बिधायक परिषद भवन भित्र प्रवेस गरी भित्तामा रङ समेत पोतेर नारा लेखेका थिए ।
प्रदर्शनकारीलाई भवन खाली गर्न चेतावनी दिएका सयौँ सङ्ख्यामा तैनाथ प्रहरीले मध्यरात पछि मात्र उक्त भवनलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए ।सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङमा थुप्रै हप्तादेखि आन्दोलन जारी छ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले स्थानीय समय अनुसार ४ बजे पत्रकार सम्मेलनमा हिंसात्मक रूपमा विधायक कार्यालय तोडफोड गरी प्रवेश गर्ने प्रदर्शनकारीको निन्दा गरेकी थीईन् ।
बर्ष गाँठ र्यालीमा लाखौँ मानिसहरू सहभागी थिए। र्‍याली शान्तिपूर्ण ढङ्गमा अघि बढिरहेको थियो।तर दिउँसो खानाको समयमा दर्जनौँ प्रदर्शनकारीहरूले अकस्मात् तोडफोड गरेर विधायक परिषद्को भवनमा प्रवेश गरेका थिए ।पछि प्रहरी भित्र प्रवेश गरेपछि सयौँ मानिसहरू भागेका थिए।
एजेन्सी