समाचार

राष्ट्रपति ट्रम्पको कर विवरण सार्वजनिक गर्नुपर्ने भन्दै डेमोक्र्याटद्वारा मुद्दा

डेमोक्र्याट पार्टी समर्थक तल्लो सदनले राष्ट्रपति डोनाण्ड ट्रम्पको ब्यक्तिगत कर सम्वन्धि अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्तरिक राजस्व सेवा (आईआरएस) र ट्रजरी डिपार्टमेण्ट (अर्थ मन्त्रालय) बिरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
आज मंगलबार राष्ट्रपति ट्रम्पको बिगत ६ बर्षदेखिको कर दाखिलाको अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्दै वाशिङ्टन डिसीस्थित संघीय अदालतमा मुद्दा दायर गरिएको हो ।
म्यासाच्युसेट्सको डेमोक्र्याट प्रतिनिधि सभा सदस्य रिचार्ड ई. निलले अदालतमा आउन चुनौती दिएतापनि ट्रम्प प्रसासनले भने अदालतमा जान मानिरहेका छैनन् । अमेरिकामा राष्ट्रपति भएपछि सबै राष्ट्रपतिका उम्मेदवार वा राष्ट्रपतिले आफ्नो ब्यक्तिगत कर सम्बन्धि विवरण सार्वजनिक गर्ने प्रचलन छ । राष्ट्रपति ट्रम्पले भने सार्वजनिक गर्न आनाकानी गर्दै आएका छन् । प्रतिनिधि सभा सदस्य रिचार्डले ट्रेजरी डिपार्टमेण्ट, आन्तरिक राजस्व सेवा (आई आर एस), ट्रजरी सेक्रेटरी स्टिभेन नूचेन, आईआरएस कमिस्नर चार्लस् रेटिगलाई संयुक्त मुद्दा दायर गरी आईआरएस सेक्रेटरीले, जो कसैको पनि कर सम्वन्धि सम्पूर्ण बिवरण, हाउसले मागेको बखत उपलब्ध गराउनु पर्ने प्रावधान रहेको उल्लेख गरेका छन् ।
गत मे महिनामा प्रतिनिधि सभा सदस्य तथा “वेज एण्ड मिन्स कमिटी” का प्रमुख निलले आईआरएसलाई राष्ट्रपति ट्रम्पको व्यक्तिगत कर अभिलेख सार्वजनिक गर्न सहयोग नगरे मुद्दा हाल्ने चेतावनी दिएका थिए ।
हरेक कृयाकलापको सामाजिक सञ्जाल मार्फत बाक्लो प्रतिकृया जनाउदै आएका ट्रम्पले समाचार तयार पार्दासम्म उनकै कर बिवरण सार्वजनिक गर्नुपर्ने माग सहित दायर भएको मुद्दामा भने कुनै प्रतिकृया जनाएका छैनन् ।

एजेन्सी