अमेरिका

क्यालिफोर्नियामा फेरी ७ दशमलव १ रेक्टरको भुकम्प

विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकाको क्यालिफोर्निया राज्यको रिजक्रिष्ट भन्ने स्थानलाई केन्द्र बनाएर ७ दशमलव १ म्याग्निच्युट रेक्टर स्केलको भुकम्पप गएको छ । भुकम्पको धक्का नजिकको राज्य एरिजोनाको फोनिक्स र नेभडाको लसभेगसको केही भागमा समेत महशुस गरिएको अमेरिकाको भुगर्व विभागले जनाएको छ । यस अघि पनि क्यालिफोर्नियामा हिजो मात्रैं ६ दशमलव ४ म्याग्निच्युट रेक्टरको स्केलको भुकम्प गएको थियो ।
भुगर्वविद्हरुले ठूलो रेक्टर स्केलको भुकम्प जाने खतरा समेत औल्याइरहदा त्यस क्षेत्रमा साना ठूला रेक्टर स्केलको भुकम्प गैरहेको छ । पछिल्लो पटक स्थानीय समय अनुसार शुक्रवार राती ९ वजेतिर गएको भुकम्पको केन्द्र रहेको स्थान क्यालिफोर्नियाको एक शहर वेकरस्फिल्डवाट १ सय २० माइल उत्तर पूर्वमा पर्दछ । भुकम्पको कारण लसभेगसमा जारी एनविए समर लिगको आजको खेल समेत प्रभावित भएको बताइएको छ ।