खेलकुद

नेपालले ४ विकेटले हङकङलाई हरायाे

काठमाडौं

नेपाली महिला क्रिकेट टोलीले हङकङले दिएको लक्ष्य ४ विकेटको क्षतिमा पुरा गरेको छ । आईसीसी महिला विश्वकप छनौट प्रतियोगितामा नेपालको ४ खेलमा तेश्रो जित हो ।

६३ रनको औसत लक्ष्यका बावजूद नेपालले १८.३ ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाउनु परेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ६२ रन मात्र बनाएको थियो । टोलीको लागि मरीना लामप्लगले १९ रन बनाइन् भने यास्मीन दास्वानीले १६ तथा बेल्ला पूनले ११ रन बनाइन् ।

नेपालको लागि नेरी थापाले सर्वाधिक ६ विकेट लिइन् । ४ ओभर बलिङ गरेकी नेरीले ८ रन खर्चिदैं हङकङलाई दबावमा राखिन् । त्यस्तै सरीता मगरले २ विकेट लिइन् ।

जवाफी ब्याटिङ गरेको नेपालले १८.३ ओभरमा ६ विकेट गुमाइ ६३ रन बनाइ लक्ष्य पुरा ग¥यो । टोलीको लागि अप्सरी बेगमले ३५ बलमा ३ चौका सहित २४ रन बनाइन् भने सरीता मगरले नथआउट १६ रन बनाइन् ।

बलिङतर्फ हङकङकी ज्यास्मीन टीटमसले ३ विकेट लिइन् भने केरी च्यान, यी शान टो, मारीको हिलले समान १ विकेट लिइन् । शानदार बलिङ गरेकी नेरी थापा प्लेयर अफ द म्याच चुनिइन् । नेपाल ३ खेल जित्दै ६ अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ ।