मनोरञ्जन

छोटो पहिरन मन पर्छ : सुरजनी केसी

काठमाडौ
नेपाली चलचित्र नगरीमा नायिका सुरजनी केसीको चर्चा–परिचर्चा बाक्लिएको छ । चलचित्र पसिनाको प्रचारप्रसारमा जुटेकी नायिका केसीले चलचित्रलाई आफ्नो महत्वाकांक्षी चलचित्र भनेकी छन् । हट एण्ड बोल्ड भएर हिँड्न रुचाउने उनी भिजे हुँदै ठूलो पर्दामा आइपुगेकी हुन् । कसैले उनलाई हट एण्ड बोल्ड भनिदियो भने खुसी हुन्छिन् ।
फिटनेसमा ध्यान दिने केसीले गर्मी महिना शुरु भएपछि पौडी खेल्न थालेकी छन् । जिम पनि सकभर छुटाउँदिनन् । उनलाई छोटो लुगा मन पर्छ । हट एण्ड बोल्ड देखिन उनले फ्रक, वान पिस, स्कर्ट लगाउने बताइन् । प्रेमका लागि स्पेसल व्यक्ति नभएको बताउने केसीलाई प्रेमका अफर भने पहिलेदेखि लगातार आएका छन् । तर, अहिले करियर बनाउने उनको योजना छ । त्यसैले प्रेमका अफरलाई उनले खासै महत्व दिएकी छैनन् ।