मनोरञ्जन

मोडल मेचु धिमाललाई मसरुम चिल्ली

काठमाडौ
नेपाली सांगीतिक क्षेत्रमा चर्चाको नाम हो– रबिना धिमाल अर्थात् मेचु धिमाल । सन् १९९४ अगष्ट २८ मा मोरङको उर्लाबारीमा जन्मिएकी एक मोडल तथा गायिकाका रुपमा उनी परिचित छन् । भेजेटेरियन मेचुले स्नातक तहसम्मको अध्ययन गरेकी छन् । खानामा दालभात मन पराउने उनका लागि मसरुम चिल्ली सबैभन्दा मनपर्ने परिकार हो ।
पाँच फिट एक इन्च उचाइ भएकी मेचुले आफू प्रेम सम्बन्धमा नभएको बताएकी छन् । २०६८ सालमा चलचित्र भूमिरक्षकको गीतबाट आफ्नो सांगीतिक यात्रा थालेकी धिमाल मोडलिङमा पनि उत्तिकै जमेकी छन् । आफ्नै दुई गीतमा मोडलिङ गरेपछि उनी एकाएक चर्चामा छन् । नियमित योगा र डान्स गर्ने उनी कहिलेकाँही कराँतेका लागि पनि समय छुट्याउँछिन् । प्रेमका लागि अफर आए पनि अहिले प्राथमिकतामा नपरेको उनको भनाइ छ । आफूभन्दा पाँच–छ वर्ष जेठो केटासँग विवाह गर्ने उनको योजना रहेको छ ।