विज्ञान प्रविधि

भिषण आगोमा डढे सुविसुका उपकरण

काठमाडौं । सुविसु केवुल नेटवर्कको केन्द्रिय कार्यालय बालुवाटारमा भिषण आगलागी भएको छ । बुधबार दिउँसो लागेको आगो करीव १ घण्टाको प्रयासपछि मात्र नियन्त्रणमा आएको थियो ।

सुविसु इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक कम्पनी हो ।

सुविसुको मुख्य सर्भर रहेकै भवनमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । जेनेरेटर चलाउन राखिएको इन्धन भण्डारण क्षेत्रबाट आगोलागी भएको भएको प्रहरीको अनुमान रहेको छ ।

उक्त स्थानमा २ हजार लिटर पेट्रोल भण्डारण रहेको प्रहरीको भनाई छ।

नेपाल प्रहरी, नेपाली सेना, जुद्ध वारुण यन्त्रलगायत दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ ।

पछिल्लो समय ग्राहकका निकै गुनासा आइरहेको यो कम्पनीको नियोजित आगोलागी हो या दूर्घटना त्यो भने पछि नै सार्वजनिक हुन सक्छ ।