समाचार

विश्वभरबाट अमेरिका भ्रमणमा रहेकाका लागि एमिनेस्टी इन्टर्नेसनलले ट्राभल एड्भाईजरी जारी गर्‍यो

एमिनेस्टी ईन्टर्नेसनलले विश्वभरबाट अमेरिका भ्रमण गर्नेहरुका लागि “ट्राभल एड्भाईजरी ” जारी गरेको छ । अमेरिकामा हालै घटेका मास सुटिङ्का ठुला घटनापछि तत्काल अमेरिका भ्रमण गर्दै गरेकाहरुका लागि भन्दै एमिनेस्टीले गत बुधबार ट्राभल  एड्भाईजरी जारी गरेको हो । गत हप्ता टेक्ससको एल पासो र डेटन ओहायोमा घटेका २ छुट्टाछुटै घटनामा ३२ जनाको ज्यान गएको थियो भने थुप्रै घाईतेहरु अस्पतालमा उपचारत छन् । एमिनेस्टीले जारी गरेको एड्भाईजरीमा भनेको छ “अमेरिका भ्रमणको समय होसियारी अपनाउनु र अाईपर्न सक्ने आकस्मिक अवस्थाको लागि योजना बनाएर मात्र भ्रमण गर्नु” । एमिनेस्टीले भनेको छ धेरै भिडभाड हुने ठाउँहरु बिशेषत संस्कृतीसँग जोडिएका कार्यक्रम भएका ठाउँ, धार्मिक कार्यक्रम हुने स्थान, बिद्यालय  र सपिङ्   मलहरुबाट टाढा रहन भनेको छ । लोकल बारहरु नाईट क्लब क्यासिनो जस्ता ठाउँहरुमा थप होसियारी अपनाउन समेत  सुचित गरेको छ ।  

एमिनेस्टीको अलावा अमेरिकामा घटेको पछिल्लो मास सुटिङ्पछि भेनेजुयला र उरुग्वेले सोमबार नै आफ्ना नागरिकलाई सुसुचित गर्दै ट्राभल एड्भाईजरी जारी गरेका थिए ।  

श्रोत : सि एन एन