बिचार

चुरोटको धुवासँगै सकिन्छ खर्बौ युरो

आर.एल श्रमजीवी/बेल्जियम

उमेरले ५५ काटेकी क्रिस्टिना पेसाले नर्स हो तर उसलाई दिनको १ बट्टा चुरोट नखाई हुँदैन । चुरोट स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने बुझेकी उसलाई चुरोट लत बनेको छ | म रेस्टुरेन्टका सुरुका दिन सम्झन्छु । युरोलाई नेपालीमा कन्भर्ट गर्थे अनि सात्तो जान्थ्यो कि नेपाली रुपैया ६ सय ७५ रुपैयाको एक बट्टा चुरोट तान्ने ? त्यो पनि एकै दिनमा ? यहाँ प्राय सबैले बुझेका छन् तर पनि यति महंगो चुरोट सेवन गरिरहेका हुन्छन । मलाई पेरिस ओर्लिएदेखि नै चुरोटका बारेमा लेख्ने मन थियो । श्रोत सामग्रीकालागि यहाँका मान्छेसंग कुरा गर्न पहिला भाषा राम्ररी नबुझ्ने । यिनीहरुलाई  फिटिक्कै अंग्रेजी बोल्न नआउने । चुरोटको बारेमा अध्ययन गर्दा लेख्ने धोको पुरा गर्दैछु | एक दिन मेरो छोरो सामानको केटो हामीकोमा आयो । उस्ले ओठमा चुरोट च्यापेको थियो । एउटा हातले मलाइ ढोकाबाट इशारा गर्यो कि कफी बनाउन ।(युरोपमा कुनै पनि रेस्टुरेन्ट ,सुपरमार्केट ,बस ,रेल भित्र चुरोट खान प्रतिबन्द छ) ऊ भित्र पस्नासाथ मैले उसलाई सोधें “साह्रै मिठो हुन्छ हगि चुरोट ?”  उसले रिचार्ज कार्ड लिएर मोबाइलमा चार्ज गर्दै पर्स गोजिबाट निकाल्दै आफ्नो खुद्रा पैसा राख्ने पर्स (यहाँ नोट र सिक्का राख्ने पर्स नै फरक हुन्छ) छामछुम गर्दै मलाइ भन्यो – अहिले सम्म चुरोट खानु भाको छैन र ? नाई अहिलेसम्म खाएको छैन । मेरो जवाफले ऊ आश्चार्य चकित भएको थियो। सायद उस्लाई काममा जान हतारो थियो, मेरो हातमा थपडी मार्दै भोलि कुरा गरौला भनेर गयो | ऊ जस्तै अरु ग्राहकलाई सय, डेढ सय बर्ष भन्दा लामो इतिहास भएका चुरोट कम्पनिहरु जस्तै : मार्लबोरो, भन्तिल, क्यामेल, पम्बल, विन्स्टन, मिल्ट सेभेन, बिएन्डएच, सिल्क कट जस्ता विश्वव्यापी ट्रेडमार्क भएका चुरोट बारे लेख्दा चुरोटका  ब्रान्डहरु बेचेको याद आएको छ 

पहिला बनेपामा किरा मार्ने बिष बेच्थे केहि बर्ष पहिले मैले कफी, चुरोट, रक्सि र यहाँको खाना बेच्छु यो आफ्नै बिगत, बर्तमान अनि यो जीवन चक्र सम्झिएर अनेकथरी मन  भित्र आउँछ | मन हो रोकेर कहाँ रोक्न सकिन्छ र ? सबै मान्छेका मनका कुरा लेख्ने मन छ | यहाँ बेग्लै पेशा गरे पनि कलम र क्यामेरा छोडेको छैन | अधिकांश जिवमा देख्छु मान्छे जस्तो संबेदनशिल र संबेदनहिन अर्को प्राणी छ र ? हुर्किएदेखि नमरिन्जेलसम्म दिन दिनै के के गर्छ, के के सोच्छ ? के के खान्छ ? कत्ति अम्मली हुन्छ मान्छे ? यस्ता प्रश्न धेरै आउछ मान्छेका  बारेमा । यो चुरोट पनि कस्तो लाखौ, करोडौ मात्र  होइन पुरा युरोपमा चुरोटका लागि खरबौ युरो सकिन्छ जस्तो लाग्छ मलाइ । विश्वका मान्छेहरु मध्ये यही कै मान्छे बढी अम्माली छन् जस्तो लाग्छ मलाइ । वाइन, ह्वीस्की, चुरोट र बियरको अन्तर्राष्ट्रिय बजार नै हो कि जस्तो लाग्छ यहाँ यी चिज बिक्रीको अनुपात देख्दा । हुन् त् नेपालमा बिस्तारै रक्सिको बजार बढ्दै छ तर यहाँ जत्तिको चुरोट खादैनन् नेपालीहरु ।

धुम्रपान गर्नु स्वास्थ्यका लागि हानिकारक छ । विश्वव्यापी प्रमुख समस्याका रुपमा दिन प्रतिदिन बढ्दै गएको धुमपान सेवन यतिबेला सबैको टाउको दुखाई बनेको  छ । पछिल्लो एक तथ्याङ्क अनुसार चुरोट, सुर्तीसेवनकै कारण उत्पन्न हुने रोगको उपचार गर्न बर्सेनि १६ अर्ब रुपियाँ खर्च भइरहेको सरकार बताउछ । तर सरकारी प्रयासका बाबजुत हरेक दिन सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नेको संख्या बढिरहेको छ । सार्वजनिक स्थानमा चुरोट र सुर्ति सेवनमा प्रतिवन्ध लगाइएपनि चुरोट सेवन गर्नेको संख्यामा भने  कमी आउन सकेको छैन । हामी कहाँ बस स्टेशन होस् या कुनै सार्वजनिक पार्क जताततै प्रतिवन्धको वेवास्ता गर्दै  चुरोट तान्दै हिड्नेहरुलाई देख्न सकिन्छ । नेपाल सरकारले लागू गरेको प्रतिबन्ध जस्तो युरोपमा छैन । हामीकोमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन फितलो छ |   कानुनले सार्वजनिक स्थानमा चुरोट तथा सूर्ति–खैनी सेवन गर्नेलाई सय रुपैयाँसम्म जरिवाना तोकेको छ तर कसले तिरेको छ जरिवाना ? यहाँ जरिवाना लागे पछि कालले छोड्ला तर सरकारले छोड्दैन ।सम्झन्छु हामी कहाँ कानून अनुसार कहाँ के चाँहि कारवाही भएको छ र ?  चुरोट सेवनका बारेमा हाम्रो नयाँ पुस्ता राम्रो छ । चुरोट स्वास्थको लागि हानिकारक छ यो सेवन गर्नु हुदैंन, त्यसले शरिरमा क्यान्सर जस्तो ठूलो रोग लाग्छ भन्ने कुरा बुझे जस्तो लाग्छ | यो मामलामा हामी युरोप भन्दा अघि छौ | यहाँ चाँहि यी जान्दा जान्दै पनि सेवन गर्नु अनि जबरजस्ति कसैलाई सुधार्न  नखोज्नु  कस्तो स्वतन्त्रता हो ?

युरोप आएका केही नेपाली चुरोटमा खर्च गरेर कमाएको गुमाउदैछन । चुरोटले स्वास्थ्यमा गभिर असर  पार्दछ भन्नेकुरा भुलेका छन् । क्यान्सरदेखि मटुका रोग, मधुमेह पनि चुरोटकै असरले हुने गर्दछ । प्रत्यक हानिकारक बस्तुले भरिएको बट्टामा लेखिएको यो सेवन गर्नु  हानिकारक छ भन्ने वाक्यमा बिरलैको ध्यान जाने गरेको छ । एकातिर चुरोट सेवनले धनसम्पतीको नोक्सान अर्कोतिर ज्यानकै जोखिम । चुरोट सेवनमा लाग्ने खर्च भन्दा भोली विरामी परेर उपचार महङ्गो पर्ने हुदा सचेत बनेर आफु र आफ्ना परिवारलाई जोगाउनु बुद्धिमानी हुने छ । जन धन दुबैको नोक्सानीबाट बच्न पहिले आफै सचेत हुनुपर्छ अनि सरकारले पनि जनचेतना जगाउने अभियान थाल्यो भने मात्र  यो शुभ अभियान साच्चीकै फलदायी हुने छ । चुरोट पिउने पैसाले भातै खान पुग्छ भने पछि किन चुरोट खाने हैन र ? नेपाली जो जहाँ भए पनि आजैदेखि चुरोट त्यागौं । पाएको जीवनलाई दुइ दिन भए पनि बढी लम्ब्याऔं ।

 जीवनमा बाँचियो भने संसार देखिन्छ मरे पछि त भोलि पल्ट दुइदिन हुन्छ | जीवनका बारेमा अध्ययन गरेर भन्दा पनि जीवन भोगेर बढी ज्ञान पाइदो रहेछ | शिद्धार्थ गौतमले त्यतिकै दरबार छोडेका होइन रहेछन । मान्छे जन्मन्छ, रोगी हुन्छ, बुढो हुन्छ अन्त्यमा मर्छ भनेर थाह पाएपछि उनिमा छटपटी भो सबै कुरा जान्न  उनि दरबारको त्यो सुखभोग छोडेर भौतारिए, अन्त्यमा भगवान बुद्ध बने |  मान्छेको जातनै आशामा बाच्ने त्  हो नि आशाको त्यान्द्रोमा जीवन बितेको पत्तै हुदैन. लेखको अनुनय संदेश हो कि -जो जहाँ बसे पनि धुमपान नगरौं