समाचार

एनआरएनए आइसिसीमा अमेरिकावाट दर्जन बढी आकांक्षी

एउटै पदमा उठ्ने र एकले अर्कोलाई हराउन भूमिका खेल्ने चिन्ता

विश्व न्यूज संवाददाता
अमेरिका ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आसन्न अधिवेशनका लागि विभिन्न पदमा गरी अमेरिकावाट झण्डैं एक दर्जन बढी आंकाक्षी देखिएका छन् । अन्तराष्ट्रिय समन्वय परिषद्को ९ औं अधिवेशन आउँदो अक्टुबरको १५ देखि १७ सम्म काठमाण्डौंमा हुँदैछ ।
त्यस अधिवेशनका लागि विभिन्न पदमा उठ्न आकांक्षा देखाउँदैं अमेरिकामावाट दर्जन बढीले सक्रियता बढाएका छन् ।
अमेरिकावाट उपाध्यक्ष, महासचिव, सचिव, सह कोषाध्यक्ष सहीत क्षेत्रीय संयोजक, क्षेत्रीय सहसंयोजक, क्षेत्रीय महिला संयोजकका आकांक्षीहरु देखिएका छन् । आकांक्षीहरुले आन्तरिक रुपमा आवश्यक ठाउमा लविङको काम समेत बढाएका छन् ।
अमेरिकावाट अहिलेसम्म आकांक्षी देखिएकाहरुमा सोनाम लामा, रविना थापा, डा.केशव पौडेल, गौरी राज जोशी, एसी शेर्पा, डा. विनोद शाह, नविन शेरचन, कृष्ण लामिछाने, वेदराज बस्नेत, रामसी पोखरेल, दिल श्रेष्ठ उमा कार्की थापा, राधा पौडेल, कृष्ण पोखरेललगायत रहेका छन् ।
एनआरएनए अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय संयोजक रहेका सोनाम उपाध्यक्षका आकांक्षी हुन् भने एनआरएनए अमेरिकाको पूर्व उपाध्यक्ष रविना समेत उपाध्यक्षको आकांक्षी हुन् । एनआरएनए अमेरिकाको २ कार्यकाल गरी ४ वर्ष अध्यक्षको जिम्मेवारी निभाएका डा. केशव महासचिवका आकांक्षी हुन् भने हालका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक जोशी सचिव पदका आकांक्षी हुन् । त्यस्तै एनआरएनए अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलको नाम समेत सचिव पदका लागि आएको छ । यस्तैं अमेरिकाज क्षेत्रका पूर्व क्षेत्रीय सहसंयोजक रहेका एसी शेर्पा सह कोषाध्यक्ष पदका आकांक्षी हुन् ।
हालका क्षेत्रीय सहसंयोजक रहेका नविन शेरचन, पूर्व बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार डा. विनोद शाह अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजकका आकांक्षी हुन् । यस्तैं, हालका आइसिसी सदस्य वेद राज वस्नेत, एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष रामसी पोखरेल, पूर्व आइसीसी सदस्य दिल श्रेष्ठ अमेरिकाज क्षेत्रका क्षेत्रीय सह संयोजक पदका आकांक्षी हुन् ।
अमेरिकावाट यस पटक एनआरएनए आइसिसीको संगठनात्मक संरचना अन्तर्गत महत्व पूर्ण मानिने अन्तराष्ट्रिय कार्यकारी सचिवालय (इन्टरनेशनल एक्च्युकेटिभ सेक्रेटरीट(आइइस)) मा रहेका पदहरुमा समेत धेरैंको उम्मेद्वारी पर्ने देखिएको छ । १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव , २ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष, १ प्रवक्ता(मनोनित), १ महिला संयोजक र १ युवा संयोजक पदलाई आइस्को रुपमा लिइन्छ । यी आइएस्मा रहेका पदहरुमा अमेरिकावाट अहिलेसम्म १ ज्नाको मात्रैं प्रतिनिधित्व हुन सकेको छ । रतन झा यस अघि महासचिव रहेका थिए त्यसपछि भने अमेरिकावाट प्रतिनिधित्व हुन सकेको छैन । तर ती पदहरुमा भने अमेरिकावाट उम्मेद्वार नवनेका भने होइनन् एउटैं पदमा अमेरिकावाटैं दुई वा दुई भन्दा बढीको उम्मेद्वारी पर्दा अमेरिकावाट वनेका उम्मेद्वार पराजित हुदैं आएका थिए । अहिले पनि त्यो नहोला भन्न सकिन्न । तर यसो हुन नदिनका लागि एनआरएनए अमेरिकाले पहल गर्ने अध्यक्ष सुनील साहले बताए ।
आकांक्षीहरु सबैं सम्मानित र एनआरएनएको मुभमेण्टमा लाग्नुभएकाहरुनैं हुनुहुन्छ उनले भने सबैं आकांक्षीहरुको छलफल र अग्रजहरुको राय तथा सल्लाहमा सबैं समेटिने गरी उपाय खोजिने छ । आइसिसीको बढी भन्दा बढी पदमा अमेरिकाका एनआरएनलाई पुऱ्याउने तर्फ आफूहरुले काम गर्ने बताउदैं उनले सबैंले आफू भन्दा एनआरएनए अमेरिकालाई र एनआरएन अभियानलाई माथि देखेर सोच्नसक्दा निकास निस्कने र यस पटक सबैं मिलेर अघि बढ्नेमा आफूहरु विश्वस्त रहेको बताए ।
आइएसका पदहरु बाहेक अमेरिकाज क्षेत्रले आइसिसीमा १ क्षेत्रीय संयोजक, १ क्षेत्रीय उपसंयोजक, १ क्षेत्रीय महिला संयोजक, १ क्षेत्रीय युवा संयोजक पाउनेछ । जसमा अमेरिकाज क्षेत्र अन्तर्गत एनआरएनए अभियानमा सक्रिय रहेको क्यानडा समेत रहेको छ । त्यहावाट अहिलेसम्म अभिमन्यू बस्नेतले क्षेत्रीय सह संयोजक पदका लागि आकांक्षा देखाएका छन् ।