समाचार

४० प्रतिसत बस्यक अमेरिकन भैपरी आउने ४ सय डलर समेत खर्च गर्न असमर्थ

न्युयोर्क
अमेरिका विश्व कै महाशक्ति रास्ट्र हो । विश्वका थुप्रै देशहरुबाट आर्थिक उपार्जनको लागि मानिसहरु अमेरिका आउने गर्दछन । त्यहि महाशक्ति रास्ट्र जँहा आउन मानिसहरु हत्ते गर्दछन त्यहि देशका झन्डै ४० प्रतिसत बस्यक मानिसहरुको बैंक खातामा ४ सय अमेरिकी डलर समेत आकस्मिक खर्चको लागि जगेडा नहुने गरेको पाईएको छ । अमेरिका स्थित फेडरल रिजर्बले गरेको एक सर्बेक्षणले ४० प्रतिसत बस्यक मानिसहरुसंग अकस्मात खर्च गर्नको लागि ४ सय अमेरिकी डलर नगद ,बचत वा क्रेडिट कार्ड जगेडा समेत नहुने गरेको देखिएको हो ।

सन् २०१८ को लागि फेडरल रिजर्बले अमेरिकी परिवारको आर्थिक अबास्थाको बारेमा गरेको एक सर्बेको बिबरण बिहिबार सार्वनजिक गर्दै उक्त तथ्यांक बाहिर ल्याएको हो । रिपोर्टका अनुसार ति ४० प्रतिसत मानिस मध्ये २७ प्रतिसत बस्यकले आकस्मिक रुपमा ४०० डलर खर्च गर्नु पर्यो भने केहि सरसामान बेचेर वा सर सापटबाट चलाउने गर्दछन भने बाँकी १३ प्रतिसतसंग त्यो क्षमता समेत नहुने गरेको छ । यो १३ प्रतिसतले आकस्मिक रुपमा ४०० अमेरिकी डलर खर्च गर्नु पर्ने अबास्था आएको अबस्थामा नियमित रुपमा तिर्नु पर्ने मासिक बिलहरु तिर्न असमर्थ हुने गरेको उक्त रिपोर्टले बताएको छ । सन् २०१३ देखि फेडरल रिजर्बले गर्दै आएको उक्त सर्वेक्षणका अनुसार सन् २०१७ र सन् २०१८ को अबस्था भने उस्तै प्रकृतिको भए पनि सन् २०१३ देखिको अबस्थामा भने केहि सुधार आएको छ ।